समाजमा सेवा र संवेदनाको मूल्य झन्—झन् हराउँदै गएको आजको परिवेशमा पनि केही संस्थाहरु यस्ता छन्, जसले मानवताको दीप निभ्न नदिई उज्यालो फैलाइरहेका छन् । त्यस्तै प्रेरणादायी उदाहरण बनेको छ जनहित सेवा प्रतिष्ठान ।
काठमाण्डौं महानगरपालिका वडा नं—९, बत्तिसपुतीबाट जनहित सेवा प्रतिष्ठानका अध्यक्ष श्री गणेश प्रसाद पोखरेल, कोषाध्यक्ष श्री दिवाकर पोखरेल, तथा सदस्य श्री प्रसन्न पोखरेल ज्यूको नेतृत्वमा मामाघर आश्रममा आश्रित बालबालिकाहरुको सहयोगार्थ नगद रु.२२,०००(बाइस हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ । जनहित सेवा विशेष कोषबाट उपलब्ध गराइएको उक्त सहयोग केवल आर्थिक सहयोग मात्र नभई, बालबालिकाहरुको जीवनमा माया सुरक्षा र आशाको सन्देश पनि हो ।
जनहित सेवा प्रतिष्ठानको यो सहयोगले समाजमा परोपकार केवल भाषणमा होइन, व्यवहारमा उर्तान सकिने कुरा प्रमाणित गरेको छ । यस्ता कार्यले अरु व्यक्ति र संस्थालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास गर्न सकिन्छ । मानव सेवामा समर्पित जनहित सेवा प्रतिष्ठानको यो योगदान वास्तवमै प्रशंसनीय र अनुकरणीय छ ।
प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै वहाँहरुको सुस्वास्थ, दीर्घायू एवं सेवा यात्रा अझ निरन्तर प्रभावकारी बनोस भन्ने कामना गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर





Leave a Reply