• मामाघरमा सहयोग, समाजमा सन्देश –

    काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१३ कालिमाटी धावनमार्ग निवासी समाजसेवी श्री ढुण्डि प्रसाद भट्ट चन्दन र उहाँकी धर्मपत्नी लालकुमारी भट्टचन्दनले देखाउनुभएको पछिल्लो सामाजिक उदाहरण प्रशंसनीय मात्र होइन, अनुकरणीय पनि छ।हजुरआमा तथा नातिनातिना विक्रम, आर्या र देवांश भट्टचन्दनको जन्मदिनको अवसरलाई उहाँहरूले व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्नुभएको छ। मामाघर आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाका लागि नगद रु…

  • सहयोगले बदलिएको एक जन्मदिन-

    आजको समाजमा जन्मदिन, उत्सव र व्यक्तिगत खुसीहरू प्रायः आत्मकेन्द्रित देखिन थालेका छन्। तर यिनै खुसीका अवसरहरूलाई समाजका कमजोर वर्गका लागि आशाको दीप बनाइदिने उदाहरणहरू अझै पनि जीवित छन्। गोदावरी नगरपालिका वडा नं- ३, लेलिन थोक निवासी समाजसेवी व्यक्तित्व श्री हरिशरण सिलवाल ज्यू र उहाँकी धर्मपत्नी श्रीमती मैया सिलवाल ज्यूले आफ्नो जन्मदिनको अवसरलाई सेवामा समर्पित गर्दै…

  • महाशिवरात्रीमा अनाथ बालबालिकाका लागि मानवीय सेवा-

    महाशिवरात्री जस्तो पवित्र दिन केवल पूजा–आराधनामा मात्र सीमित रहनु हुँदैन, त्यो दिन मानवताको सेवा र करुणाको अभ्यासमा समर्पित हुन सके त्यसले साँचो अर्थ पाउँछ। यही भावनालाई व्यवहारमा उतार्दै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–६, साना गाउँ निवासी समाजसेवी व्यक्तित्व श्री आस्थापूर्ण मगरज्यूले छोरा अनभ लामा ज्यूको जन्मदिनको अवसरमा अभिभावकविहीन बालबालिकाहरूका लागि अनुकरणीय कार्य गर्नुभएको छ।वहाँले मामाघर अनाथालय…

  • अनाथ बालबालिकाको भविष्य उज्यालो बनाउने प्रेरणादायी कदम-

    सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भनाइलाई कर्ममा उतार्दै ललितपुर जिल्ला, गोदावारी नगरपालिका वडा नं. १, निवासी सम्मानीय पत्रकारज्यूले प्रेरणादायी मानवीय कार्य गर्नुभएको छ।श्री अर्चना झा ज्यूको पहलमा उहाँ मामाघर आश्रममा उपस्थित भई त्यहाँ आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि शैक्षिक सामग्री सहयोग गर्नुका साथै गत वर्षको एसइइ परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान…

  • मामाघर आश्रममा लायन्स क्लबको नि: शुल्क दन्त परीक्षण सेवा-

    ललितपुर इमाडोलबाट लायन्स क्लब अफ ललितपुर इलाइटको टोलीले मामाघर आश्रममा आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि निःशुल्क दाँत परीक्षण तथा उपचार सेवा प्रदान गरी एक अनुपम मानवीय कार्य सम्पन्न गर्नुभएको छ।बालबालिकाको स्वास्थ्य र उज्ज्वल भविष्यका लागि गरिएको यो सेवा केवल उपचार मात्र होइन, माया, करुणा र जिम्मेवारीको जीवित उदाहरण हो।यस पुण्य कार्यमा सहभागी सम्पूर्ण चिकित्सकज्यूहरू तथा…

  • सेवामा अमर सम्झना—

    ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं—१४, निवासी हाल युकेमा कार्यरत समाजसेवी आदरणीय श्री यशोदा लिम्बुज्यूको नातिनी तथा साइमन लिङ थेपज्यूको स्वर्गीय छोरी ओसिन साइमन लिङ थेपको जन्मदिनको अवसरमा मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु.१५,०००(पन्ध्र हजार रुपैयाँ) सहयोग गर्नुभएको छ ।यो सहयोग केवल आर्थिक सहायता मात्र होइन, मानवीय संवेदना र करुणाको अनुपम उदाहरण…

  • सेवा,स्मृति र समाजप्रतिको उत्रदायित्व—

    समाज सुदृढता करुणा र सहकार्यबाट निर्माण हुन्छ । यही मानवीय मूल्यको उत्कृष्ण उदाहरण प्रस्तुत गर्दै ललितपुर जिल्ला, हरिसिद्धि—हात्तिवन निवासी समाजसेवी आदरणीय श्री अनुपा भण्डारी जलानज्यूले मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको लागि एक दिनको भोजन सहयोगार्थ नगद रु.१५,०००(पन्ध्र हजार रुपैयाँ) सहयोग गर्नुभएको छ । यो सहयोग केवल आर्थिक योगदान मात्र नभई समाजप्रतिको संवेदनशील उत्तरदायित्वको अभिव्यक्ति…

  • जन्मदिनलाई सेवामा रुपान्तरण गर्ने सामाजिक सन्देश—

    आजको उपभोक्तावादी समाजमा जन्मदिन, विवाह, उत्सवजस्ता प्रायः प्रर्दशन भड्किलो खर्चसँग जोडिने गरेका छन् । तर यिनै अवसरलाई समाजप्रतिको उत्तरदायित्वसँग जोडेर अर्थपूर्ण बनाउने व्यक्तिहरु नै वास्तवमा प्रेरणाका स्रोत हुन् । यस्तै एक उदाहरण बनेका छन्, कोशी प्रदेश, मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं—७, निवासी समाजसेवी व्यक्तित्व श्री प्रशान्त भट्टाई ।आफ्नो २३औं जन्मदिनको पावन अवसरमा, वहाँले मामाघर…

  • सेवा नै धर्म होः उषा राई सुब्बाको मानवीय उदाहरण—

    समाजसेवा केवल शब्दमा सीमित हुनुपर्दैन,व्यवहारमा देखिनुपर्छ भन्ने सन्देश समाजसेवी आदरणीय श्री उषा राई सुब्बाज्यूले प्रमाणित गर्नुभएको छ । ताप्लेजुङ जिल्लामा जन्मथलो भई जीवनका विभिन्न कर्मशील यात्रापछि हाल ललितपुर उपमहानगरपालिका वडा नं—१४, नखीपोट निवासी उषा राई सुब्बा सपरिवार सहित मामाघर आश्रममा उपस्थित भई बालबालिकाहरुको लागि उल्लेखनीय सेवा अर्पण गर्नुभएको छ ।वहाँले बालबालिकाहरुका लागि दिवा खाजा स्वरुप…

  • जनहित सेवा प्रतिष्ठानको मानवीय योगदान, मामाघर आश्रममा नगद सहयोग—

    समाजमा सेवा र संवेदनाको मूल्य झन्‌—झन् हराउँदै गएको आजको परिवेशमा पनि केही संस्थाहरु यस्ता छन्, जसले मानवताको दीप निभ्न नदिई उज्यालो फैलाइरहेका छन् । त्यस्तै प्रेरणादायी उदाहरण बनेको छ जनहित सेवा प्रतिष्ठान ।काठमाण्डौं महानगरपालिका वडा नं—९, बत्तिसपुतीबाट जनहित सेवा प्रतिष्ठानका अध्यक्ष श्री गणेश प्रसाद पोखरेल, कोषाध्यक्ष श्री दिवाकर पोखरेल, तथा सदस्य श्री प्रसन्न पोखरेल ज्यूको…