ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं.- १, निवासी समाजसेवी व्यक्तित्व सृजना पुरी (गिरी) ज्यूले आफ्नो ४९औँ जन्मदिनको पावन अवसरलाई परोपकारी कार्यसँग जोड्दै उदाहरणीय मानवीयता प्रस्तुत गर्नुभएको छ। जन्मदिनजस्तो व्यक्तिगत खुसीको क्षणलाई समाजसेवामा समर्पित गर्दै उहाँले मामाघर आश्रममा उपस्थित भई आश्रममा आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि एक दिनको खाद्यान्न स्वरूप नगद रु. १०,००५ सहयोग अर्पण गर्नुभएको हो।
“सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको यो सहयोगले मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। सृजना पुरी (गिरी)ज्यूको यस सहयोगप्रति आश्रम परिवारले हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै
वँहाको जीवनमा सोचेका तथा आँटेका सम्पूर्ण कार्यहरू सफलतापूर्वक पूरा हुँदै जाऊन्, पारिवारिक सुस्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने कामनासहित भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं।
मामाघर आश्रम परिवार,
गोदावरी -१४, बाँडेगाउँ, ललितपुर




Leave a Reply