जन्मदिनलाई सेवा र करुणासँग जोड्ने अनुकरणीय अभ्यास—

समाजमा उत्सवको अर्थ प्रायः व्यत्तिगत खुशी, तडक भडक र औपचारिकतासँग जोडिँदै गएको वर्तमान सर्न्दभमा, केही उदाहरणहरु यस्ता पनि छन् जसले उत्सवलाई सेवा, करुणा र सामाजिक उत्तरदायित्वसँग गाँसेर नयाँ सन्देश दिन्छन् ।
बागमती प्रदेश, काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं १६ बालाजु निवासी समाजसेवी व्यत्तित्व द्धय श्री श्रीय ढकाल र निर्मला ढकालज्यूको परिवारबाट सुरु भएको सेवाभावले समाजमा सकारात्मक उर्जा फैलाएको छ । उहाँहरुको छोरी—ज्वार्इँ श्री सम्राट सिमखडा तथा अनिता ढकाल सिमखडाज्यूले आफ्नी छोरी अथिरा सिमखडा ज्यूको छैटौं जन्मदिनलाई केवल घर—परिवारको खुसीमा सीमित नराखी, सामाजिक सेवासँग जोड्ने निर्णय गर्नुभयो ।
यस पावन अवसरमा,मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बालबालिकाहरुको सहयोगार्थ नगद रु. १५,००० (पन्ध्र हजार रुपैयाँ) सहयोग प्रदान गनुभएको छ ।
यो सहयोग केवल रकममा सीमित छैन, यसले आश्रममा बसोबास गरिरहेका बालबालिकाहरुको दैनन्दिन जीवनयापन सहज बनाउनुका साथै, उनीहरुलाई समाजले बिर्सेको छैन भन्ने आत्मिक भरोसा पनि प्रदान गर्छ ।
यस पूण्यकार्यप्रति आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता प्रदान गर्दछौं । साथै नातिनी अथिरा सिमखडा ज्यूको ज्न्मदिनको पावन अवसरमा वहाँको सुस्वास्थ्य, दीर्घायू, उज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना कामना गर्दै श्री पशुपति नाथसँग प्राथना गर्छछौं ।


मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *