समाज सुदृढता करुणा र सहकार्यबाट निर्माण हुन्छ । यही मानवीय मूल्यको उत्कृष्ण उदाहरण प्रस्तुत गर्दै ललितपुर जिल्ला, हरिसिद्धि—हात्तिवन निवासी समाजसेवी आदरणीय श्री अनुपा भण्डारी जलानज्यूले मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको लागि एक दिनको भोजन सहयोगार्थ नगद रु.१५,०००(पन्ध्र हजार रुपैयाँ) सहयोग गर्नुभएको छ । यो सहयोग केवल आर्थिक योगदान मात्र नभई समाजप्रतिको संवेदनशील उत्तरदायित्वको अभिव्यक्ति हो ।
विशेषतः, दिवंगत श्रीमान् विजय के. जलानको जन्मदिनको पावन अवसरमा गरिएको यो सहयोगले स्मृतिलाई सेवासँग जोड्ने सन्देश दिइएको छ । निजी पीडालाई सार्वजनिक सेवामा रुपान्तरण गर्ने यस्तो कार्यले समाजमा आशा, सहानुभूति र मानवताको उज्यालो फैलाउँछ । सेवाभावबाट प्रेरित यस्ता कदमहरुले अभिभावक विहिन बालबालिकाहरुको जीवनमा केवल भोजन मात्र होइन, भरोसा र आत्मबल पनि थप्दछन् । समाजले यस्ता योगदानलाई कदर गर्दै अनुकरण गर्नु आजको आवश्यकता हो ।
स्वर्गीय विजय के. जलानको आत्माको चिरशान्ति तथा बैकुण्ठवासको कामना गर्दै, यस प्रकारका मानवीय कार्यहरु निरन्तर अगाडी बढून् भन्ने अपेक्षा गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर





Leave a Reply