सेवा नै धर्म हो—

समाजमा मानवीय संवेदना कमजोर हुँदै गएको आजको समयमा, निस्वार्थ सेवा र सहयोगका उदाहरणहरु प्रेरणाका स्रोतहरु बन्ने गर्छन् । यस्तै एक प्रेरणादायी कार्य ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं—१४, ठैव निवासी समाजसेवी व्यक्तित्व तथा कर्मशील ज्वेलर्सका प्रोप्राइटर आदरणीय श्री सुरेन दुधराज ज्यूबाट सम्पन्न भएको छ । दुधराज ज्यूले मामाघर आश्रममा रहनुभएका बालबालिकाहरुको लागि भोजन सेवा प्रदान गर्नुका साथै (चामल, तेल, चिकन, तरकारी) करिब २१,००० बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । यो सहयोग केवल भौतिक सामाग्रीको हस्तान्तरण मात्र नभई, पडित र असहाय बालबालिकाप्रति देखाइएको गहिरो माया, करुणा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो ।
यसै अवसरमा कर्मशील ज्वेलर्सका सुरेन दुधराजज्यू तथा वहाँको परिवारले आफ्नो वार्षिकोत्सवको अवसरमा मामाघर आश्रममा उपस्थित भई शुभकामना आदान—प्रदान गर्नुका साथै आगामी दिनहरुमा निरन्तर साथ—सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सेवा र मानवताको मुल्यलाई व्यवारमा उर्तादै आएको यस योगदानप्रति आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ । साथै सुरेन दुधराजज्यूको व्यवसायिक जीवन अझ सशक्त, समृद्ध र सफल बनोस भन्ने कामना गर्दे यस्ता सेवामूलक हातहरु सधैँ अघि बढिरहून भन्ने अपेक्षा व्यक्त गर्दछ ।


मामाघर आश्रम परविार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *