आजको समाजमा जन्मदिन, उत्सव र व्यक्तिगत खुसीहरू प्रायः आत्मकेन्द्रित देखिन थालेका छन्। तर यिनै खुसीका अवसरहरूलाई समाजका कमजोर वर्गका लागि आशाको दीप बनाइदिने उदाहरणहरू अझै पनि जीवित छन्। गोदावरी नगरपालिका वडा नं- ३, लेलिन थोक निवासी समाजसेवी व्यक्तित्व श्री हरिशरण सिलवाल ज्यू र उहाँकी धर्मपत्नी श्रीमती मैया सिलवाल ज्यूले आफ्नो जन्मदिनको अवसरलाई सेवामा समर्पित गर्दै त्यही प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।
श्रीमती मैया सिलवाल ज्यूको जन्मदिनको पावन अवसरमा मामाघर आश्रममा आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि नगद रु. ९,००० बराबरको खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग प्रदान गर्नुभएको छ। यो सहयोग केवल सामग्रीको मात्रा होइन, समाजप्रतिको जिम्मेवारी, संवेदना र मानवताप्रतिको विश्वासको प्रतिविम्ब हो।
सिलवाल परिवारको यो कदमले समाजलाई एउटा स्पष्ट सन्देश दिएको छ—सेवा कुनै हैसियतको विषय होइन, मानवताको अनिवार्य कर्तव्य हो।
यस किसिमका कार्यहरूले अनाथ बालबालिकामा मात्र आशा जगाउँदैन, समाजलाई पनि आत्ममन्थन गर्न बाध्य बनाउँछ।
श्रीमती मैया सिलवाल ज्यूको जन्मदिनको यस पावन अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु तथा जीवनमा सोचेका–आँटेका सबै कामना पूरा होस् भन्ने कामना गर्दै, उहाँको सेवाभावलाई सम्मानपूर्वक हार्दिक आभार व्यक्त गर्दछौं।
मामाघर आश्रम परिवार,
गोदावरी -१४, बाँडेगाउँ, ललितपुर




Leave a Reply