सेवामा अमर सम्झना—

ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं—१४, निवासी हाल युकेमा कार्यरत समाजसेवी आदरणीय श्री यशोदा लिम्बुज्यूको नातिनी तथा साइमन लिङ थेपज्यूको स्वर्गीय छोरी ओसिन साइमन लिङ थेपको जन्मदिनको अवसरमा मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु.१५,०००(पन्ध्र हजार रुपैयाँ) सहयोग गर्नुभएको छ ।
यो सहयोग केवल आर्थिक सहायता मात्र होइन, मानवीय संवेदना र करुणाको अनुपम उदाहरण हो । छोटो समयमा नै सबैको मनमा अमिट छाप छोडेर भगवानको प्यारो हुन पुगेकी नानीको सम्झनामा गरिएको यो सेवा, पीडालाई मानवतामा रुपान्तरण गर्ने प्रेरणादायी उदाहरण बनेको छ । दुखको घडीमा पनि अरुको अनुहारमा मुस्कान ल्याउने यो कदम समाजका लागि उज्यालो सन्देश हो—स्मृति आँसुमा मात्र होइन, सेवामा पनि जीवित रहन्छ । यस्ता कार्यहरुले समाजमा सहानुभूति, आशा र एकताको भावना बलियो बनाउँछ ।
स्वर्गीय ओसिन नानीको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति धैर्य र सहनशीलता प्रदान गरुन भनी भगवानसँग प्रार्थना गर्दछौं । साथै यो सेवाका लागि श्री यशोदा लिम्बुज्यू र साइमन लिङ थेप ज्यूलाई हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।


मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *