समाजमा सेवा, सहानुभूति र सहयोगको भावना जीवित रहनु नै सभ्यताको परिचायक हो । यही भावनालाई जीवन्त बनाउँदै ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं —१०, झ्यालुङटार निवासी समाजसेवी व्यक्तित्व आदरणीय श्री दिलकुमार तामाङ तथा सरिता तामाङ ज्यूले आफ्नो सुपुत्र फुर्ग्याल दोर्जे तामाङको दोस्रो जन्मदिनलाई मानवसेवा मार्फत अर्थपूर्ण बनाउनु भएको छ । वहाँहरुले मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनु
भएका बालबालिकाहरुको लागि नगद रु. १२,८२० बराबरको खाद्यान्न सामाग्री (चामल, तेल, बिस्कुट, चाउचाउ) सहयोग गर्नुभयो । जन्मदिनलाई तडक—भडक भन्दा माथि उठाएर सामाजिक उत्तरदायित्वसँग जोड्रने यस्तो कार्यले समाजलाई सकारात्मक सन्देश दिएको छ । यस किसिमको सहयोगले केवल पेट भरिने काम मात्र होइन, ति बालबालिकाको मनमा आशा, आत्मविश्वास र अपनत्वको भावना रोप्ने काम पनि गर्दछ । आजको यर्थाथमा यस्ता संवेदनशील र सेवामूलक कार्यहरु समाजका लागि मार्गदर्शन बन्न सक्छन् । यस्तो पूण्य कार्यप्रति आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ ।
साथै फुर्ग्याल दोर्जे तामाङ ज्यूलाई जन्मदिनको पावन अवसरमा उज्वल भविष्य, सु—स्वास्थ्य र दिर्घायूको कामना गर्दछ । वहाँको जीवन सदैव मानवता, करुणा र सद्धावले भरिपूर्ण रहोस् भन्ने कामना सहित श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।
मामाघर आश्रम परविार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर





Leave a Reply