राजाराम थापा ज्यूको जन्मोत्सवको अवसरमा मामाघर आश्रमका बालबालिकाहरुलाई भोजनको व्यवस्थापन

हाम्रो मामाघर आश्रमको आजीवन सदस्य, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ५– छालिङ निवासी श्रद्धेय श्री राजाराम थापा ज्यूको ७४ औ शुभ जन्मदिनको पावन अवसरमा आश्रम परिसरका बालबालिकाहरुलाई १०,००० (दश हजार) बराबरको मिष्ठान्न तथा स्वादिष्ट खानाको सौजन्य गर्नुभएकोमा हामी आश्रम परिवारको तर्फबाट वहाँलाई शुभ जन्मोत्सवको पावन अवसरमा सुस्वास्थ, दिर्घायु तथा वहाँको सर्वाङ्गीण क्षेत्रको हार्दिक मंगलमय शुभकामना तथा वहाँको भोजन व्यवस्थापन गराउने पवित्र कर्मको लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
साथमा वहाँसँगै उपस्थित हुनुभएको वहाँको धर्मपत्नी श्री राधा थापा ज्यू लगायत वहाँको सम्पूर्ण परिवारमा श्री पशुपति नाथ भगवानको कृपा सदा सर्वदा रहिरहोस ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *