नातिनीको जन्मोत्सवमा हजुरआमा द्धारा सहयोग

काठमाण्डौं महानगरपालिका वडा नं १८–निवासी श्री शुसिला बस्याल ज्यूको नातिनी युरिसा बस्नेत ८ औ वर्ष पार गरी ९ औ वर्षमा प्रवेश गर्नुभएको जन्मदिनको सुखद उपलक्ष्यमा वहाँको हजुरआमाले हाम्रो मामाघर आश्रममा गई बालबालिकाहरुको सहयोगार्थ नगद रु ७,००० (सात हजार) सहयोग गर्नुभएको छ वहाँको नातिनी युरिसा बस्नेतलाई शैक्षिक यात्रा, सु स्वास्थ, दिर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दे आगामी दिनहरुमा कुनै दुःख कष्ट आइनपरोस भनि भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं ।
साथै युरिसा लगायत वहाँको सम्पूर्ण परिवारमा उज्वल भविष्यको कामना गर्दछौं ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ १४– ललितपुर

http://mamagharanathalay.org

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*