खोटाङ जिल्ला दिप्रुङ, चुईचुईमा गाउँपालिका वडा नं ५–स्थायी घर भई हाल गोदावरी नगरपालिका वडा नं ३–नयाँ बाटो बसोबास गर्दै आउनुभएको समाजसेवी, धर्मप्रेमी, चर्चित टिकटकर तथा भ्लगर उमा चाम्लिङ राई ज्यूले मामाघर आश्रमका बालबालिकाहरुको उज्वल भविष्यको कामना गर्दै नगद रु २०,००० (बिस हजार) बराबरको स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएकोमा यस आश्रम परिवार वहाँ र वहाँको परिवार प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै आगामी दिनहरुमा वहाँको समाजसेवाको यात्रा अझ अगाडी बढिरहोस, वहाँको काम गर्ने हिम्मत र साहस प्रति मामाघर आश्रम परिवार नतमस्तक छौ । आराध्यदेव पशुपति नाथको कृपाले उमा ज्यूलाई यस कार्यमा लागिरहने उत्प्रेरणा सदैव प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछौं ।
मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर
Leave a Reply