समाजमा साँचो परिवर्तन भाषणले होइन, सेवाले सम्भव हुन्छ । यही सत्यलाई व्यवहारमा उर्तादै ललितपुर महानगरपालिका —ग्वार्को तथा गोदावरी नगरपालिका वडा नं—३ निवासी समाजसेवी व्यक्तित्व श्री मञ्जु भण्डारी र सीमा थापाज्यूले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । हाल अमेरिका बसोबास गर्दै आउनुभएका बहिनी—ज्वाईँ श्री शान समाल तथा काली समालज्यूका सुपुत्र जोसेफ समालज्यूको जन्मदिनको पावन अवसरमा वहाँहरुले मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको लागि नगद रु.१५,००० (पन्ध्र हजार रुपैयाँ) र १ बोरा चामल सहयोग प्रदान गर्नुभएको छ ।
विदेशी भूमिलाई कर्मथलो बनाएर पनि जन्मभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र मानविय संवेदनाको भावना जिवन्त राख्नु वास्तवमै अनुकरणीय कार्य हो । यस्तो सेवाले समाजमा सकारात्मक प्रवाह गर्नुको साथै मानवताको मुल मर्मलाई उजागर गर्छ ।
यसै अवसरमा, हाल अस्वस्थ रहनुभएका जोसेफ समालज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, वहाँको दिर्घायू, सुस्वास्थ्य र उज्वल भविष्यका लागि भगवान पशुपति नाथसँग प्रार्थना गर्दछौं । सेवा मार्फत समाजलाई उज्यालो बनाउने यस्ता मनकारी व्यक्तित्व प्रति आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ ललितपुर





Leave a Reply