ललितपुर इमाडोलबाट लायन्स क्लब अफ ललितपुर इलाइटको टोलीले मामाघर आश्रममा आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि निःशुल्क दाँत परीक्षण तथा उपचार सेवा प्रदान गरी एक अनुपम मानवीय कार्य सम्पन्न गर्नुभएको छ।
बालबालिकाको स्वास्थ्य र उज्ज्वल भविष्यका लागि गरिएको यो सेवा केवल उपचार मात्र होइन, माया, करुणा र जिम्मेवारीको जीवित उदाहरण हो।
यस पुण्य कार्यमा सहभागी सम्पूर्ण चिकित्सकज्यूहरू तथा सहयोगीहरूलाई मामाघर आश्रम परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा नमन व्यक्त गर्दछौँ।
विशेषगरी, लायन्स क्लब अफ ललितपुर इलाइटका प्रोप्राइटर साजनलाल प्रधान सरको नेतृत्व, निरन्तर सेवा भावना तथा योगदान अत्यन्तै प्रेरणादायी रहेको छ। हरेक वर्ष यसरी निरन्तर साथ र सहयोग प्रदान गर्नु वास्तवमै समाजप्रतिको गहिरो प्रतिबद्धताको प्रतीक हो।
यस्ता सेवामूलक कार्यहरूले समाजमा आशा, भरोसा र मानवताको उज्यालो फैलाउने काम गर्छन्। यस्तो प्रेरणादायी कार्यप्रति आश्रम परिवार हार्दिक आभार व्यक्त गर्दछौं।
मामाघर आश्रम परिवार,
गोदावरी -१४, बाडेगाउँ, ललितपुर





Leave a Reply