अनाथ बालबालिकाको भविष्य उज्यालो बनाउने प्रेरणादायी कदम-

सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भनाइलाई कर्ममा उतार्दै ललितपुर जिल्ला, गोदावारी नगरपालिका वडा नं. १, निवासी सम्मानीय पत्रकारज्यूले प्रेरणादायी मानवीय कार्य गर्नुभएको छ।
श्री अर्चना झा ज्यूको पहलमा उहाँ मामाघर आश्रममा उपस्थित भई त्यहाँ आश्रय लिइरहेका अभिभावकविहीन बालबालिकाहरूका लागि शैक्षिक सामग्री सहयोग गर्नुका साथै गत वर्षको एसइइ परीक्षामा ए प्लस ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो।
आफ्नो व्यस्त समयका बाबजुद पनि समाजका असहाय बालबालिकाको भविष्य उज्यालो बनाउने उद्देश्यले गरिएको यो कार्यले हामी सबैलाई अत्यन्तै उत्साहित र प्रेरित बनाएको छ। उहाँको योगदानले बालबालिकामा आत्मविश्वास, आशा र नयाँ सपना बोकेको स्पष्ट देखिन्छ ।
उहाँको सहयोगी भावना, सामाजिक उत्तरदायित्व र मानवताप्रतिको समर्पणप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ।


मामाघर आश्रम परिवार,
गोदावरी- १४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *