जन्मदिनको अवसरमा समाजसेवी दम्पतिले आश्रमका बालबालिकाहरुको लागि आर्थिक सहयोग—

भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं—५, कटुन्जे निवासी समाजसेवी आदरणीय श्री जीवन बस्नेत र रिना कार्की ज्यूले छोरा आयांश बस्नेत चौथो बसन्त पार गरी पाँचौ बसन्तमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरका अभिभावकविहिन बालबालिकाहरुको सहयोगार्थ नगद रु. ७,००० (सात हजार रुपैयाँ) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै आयांश बस्नेत ज्यूलाई जन्मदिनको अवसरमा सु—स्वास्थ्य, दिर्घायू र सफल जीवनको कामना गर्दै अष्टचिरञ्जीवी सदा दाँहिना रहुन, कुल पित्रीको आशीर्वाद सदा सर्वदा लागिरहोस् भनि आराध्यदेव भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं ।


मामाघर आश्रम परिवार,
गोदावरी—१४ बाँडेगाँउ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *