ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं—३ शान्ति वन स्थायी घर भै हाल अष्टेलिया बसोबास गर्दै आउनुभएको समाजसेवी आदरणीय श्री राजेश लामा ज्यूको जन्मोत्सवको पावन अवसरमा मामाघर आश्रममा उपस्थित भई आश्रमका बालबालिकाहरुको सहयोगार्थ नगद रु.२३,००० (तेइस हजार रुपैयां) बराबरको खाद्यान्न (चामल,तेल, बिस्कुट, चाउचाउ) र नगद रु. २,००० (दुई हजार रुपैयां) सहयोग गर्नुभएकोमा आश्रम परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।
साथै राजेश लामा ज्यूलाई जन्मोत्सवको पावन अवसरमा सु—स्वास्थ, दिर्घायू, उतरोत्तर प्रगतिको कामना गर्दै वहाँको बैदेशिक यात्रा सरल र सुखमय रहोस, अष्टचिरञ्जीवी सदा दाहिना रहँुन, कुल पितृको आशिर्वाद सदा सर्वदा लागिरहोस भनि आराध्यदेव भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछौं ।
् मामाघर आश्रम परिवार,
गोदावरी—१४, ललितपुर





Leave a Reply