महाशिवरात्रीमा अनाथ बालबालिकाका लागि मानवीय सेवा-

महाशिवरात्री जस्तो पवित्र दिन केवल पूजा–आराधनामा मात्र सीमित रहनु हुँदैन, त्यो दिन मानवताको सेवा र करुणाको अभ्यासमा समर्पित हुन सके त्यसले साँचो अर्थ पाउँछ। यही भावनालाई व्यवहारमा उतार्दै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–६, साना गाउँ निवासी समाजसेवी व्यक्तित्व श्री आस्थापूर्ण मगरज्यूले छोरा अनभ लामा ज्यूको जन्मदिनको अवसरमा अभिभावकविहीन बालबालिकाहरूका लागि अनुकरणीय कार्य गर्नुभएको छ।
वहाँले मामाघर अनाथालय आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि करिब ७,००० रुपैयाँ बराबरको खाद्यान्न सामग्री(चामल, दाल, तेल, बिस्कुट) र नगद २,५०० रुपैयाँ सहयोग गर्नुभएको छ । यो सहयोग केवल आर्थिक सहायता मात्र होइन, ती निस्सहाय बालमनमा आशा र आत्मबलको उज्यालो किरण बनेको छ ।
आज हाम्रो समाजमा चकाचौंध, स्वार्थ र आत्मकेन्द्रित सोच बढ्दै गएको छ। यस्ता समयमा श्री आस्थापूर्ण मगरज्यूको यो कदमले ‘सेवा नै धर्म हो’ भन्ने भनाइलाई सार्थक बनाएको छ। उहाँको कार्यले अरूलाई पनि यस्तै मानवीय सेवामा प्रेरित गर्ने विश्वास गर्न सकिन्छ।
यस सेवाको विशेष अर्थ अझ गहिरो छ, किनकि यो सहयोग उहाँका सुपुत्र श्री अनभ लामाको जन्मदिनको अवसरमा गरिएको हो। आफ्ना खुसीका क्षणहरू अरूको दुःख मेट्ने माध्यम बनाउनु नै साँचो उत्सव हो भन्ने सन्देश यसले दिएको छ।
यस्तो महान कार्य गर्नुभएकोमा आस्थापूर्ण मगरज्यूलाई हार्दिक आभार व्यक्त गर्दै छोरा अनभ लामा ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।


मामाघर आश्रम परिवार,
गोदावरी -१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *