लायन्स क्लब अफ सद्भावनाद्धारा मामाघर आश्रमका बालबालिकाहरुलाई सहयोग


काठमाण्डौं महानगरपालिका वडा नं १–लायन्स क्लब अफ सद्भावनाद्धारा मामाघर आश्रममा रहेका बालबालिकाहरुको लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको र केही समय अगाडी यसै संस्थाबाट आँखा चेकजाच गर्नुभएको थियो । केही बालबालिकाहरुलाई चश्माको आवश्यकता पर्ने देखिएकाले सोही अनुरुप चश्मा प्रदान गर्नुभएको र यसै संस्थाको निवर्तमान अधयक्ष सुचिता जोशी ज्यूको आज पर्न गएको जन्मोत्सवको सुखद उपलक्ष्यमा आश्रमका बालबालिकाहरुलाई नगद रु.१५,००० (पन्ध्र हजार) बराबरको खाद्यान्न उपलब्ध गराउनु भएकोमा सुचिता जोशी ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ,दिर्घायू तथा वहाँको सर्वाङ्गीण क्षेत्रको हार्दिक मंगलमय शुभकामना तथा वहाँको यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दछौं, साथै आगामी दिनहरुमा वहाँ र वहाँको संस्था अझ अगाडी बढिरहोस भनि भगवान श्री पशुपति नाथसँग प्राथाना गर्दछौं।

मामाघर आश्रम परिवार,
बाडेगाउँ १४–ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *