सेवा नै धर्म होः उषा राई सुब्बाको मानवीय उदाहरण—

समाजसेवा केवल शब्दमा सीमित हुनुपर्दैन,व्यवहारमा देखिनुपर्छ भन्ने सन्देश समाजसेवी आदरणीय श्री उषा राई सुब्बाज्यूले प्रमाणित गर्नुभएको छ । ताप्लेजुङ जिल्लामा जन्मथलो भई जीवनका विभिन्न कर्मशील यात्रापछि हाल ललितपुर उपमहानगरपालिका वडा नं—१४, नखीपोट निवासी उषा राई सुब्बा सपरिवार सहित मामाघर आश्रममा उपस्थित भई बालबालिकाहरुको लागि उल्लेखनीय सेवा अर्पण गर्नुभएको छ ।
वहाँले बालबालिकाहरुका लागि दिवा खाजा स्वरुप नगद रु.२२,००० बराबरको खाद्यान्न ( चाउचाउ, बिस्कुट, चिउरा, दालमोठ, मिठाई, चामल) र नगद रु.११,००० सहयोग गर्नुभएको छ । वहाँको यस कार्यले बालबालिकाहरुको दैनिकीमा प्रत्यक्ष राहत पुगेको मात्र होइन, समाजमा सेवा, करुणा र मानवीयताको भावना अझ सशक्त बनेको छ । स्वार्थभन्दा माथि उठेर गरिने यस्ता कार्यहरुले नै समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने आश्रम परिवारको विश्वास छ ।
यो सेवा वहाँले आफ्नो दिवंगत श्रीमानको स्मृतिमा समर्पित गर्नुभएको हो । स्मृतिलाई केवल सम्झनामा नराखी समाजका निराश र असहाय बालबालिकाको मुस्कानसँग जोड्नु वास्तवमै प्रशंसनीय कार्य हो । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दे वहाँको आत्माले बैकुण्ठमा बास पावस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।


मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *