समाजमा सेवा, सहानुभूति र करुणाको अभ्यास नै सच्चा धर्म हो भन्ने सन्देश दिनको लागि बागमती प्रदेश, दोलखा जिल्ला, चरिकोट नगरपालिका वडा नं ५ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका काडाँघारीमा बसोबास गर्दै अध्ययनरत आदरणीय श्री सुमित कार्कीज्यूले स्वर्गीय हरिमाया बस्नेत ज्यूको स्मृतिमा उल्लेखनीय मानवीय कार्य गर्नुभएको छ ।
वहाँले मामाघर आश्रममा उपस्थित भई आश्रममा रहनुभएका बालबालिकाहरुको लागि एक दिनको भोजन स्वरुप (चामल, दाल र तरकारी) सहयोग गर्नुभएको छ । यस्तो सहयोग केवल खाद्यान्न वितरण मात्र नभई, समाजप्रति उत्तरदायित्व र मानवीय संवेदनाको जीवन्त उदाहरण हो ।
पितृको सम्झनालाई सेवासँग जोड्दै गरिएको यस पूण्य कार्यले नयाँ पुस्तालाई प्रेरणा दिन्छ—स्मृतिहरु केवल शब्दमा होइन, कर्ममा पनि जीवित राख्न सकिन्छ भन्ने सन्देश यसले दिएको हो । यस्ता कार्यले सामाजिक एकता मजबुद बनाउनुका साथै परोपकार संस्कृतिलाई थप सुदृढ बनाउँछन् । यस सहयोग प्रति मामाघर आश्रम परविार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै स्वर्गीय हरिमाया बस्नेत ज्यूको आत्माको चिरशान्तिको कामना तथा पितृ आशीर्वादको अपेक्षा सहित सुमित कार्कीज्यू लगायत वहाँको घर परिवारमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौं ।
मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर





Leave a Reply