सेवा नै धर्म होः मिना थापाको प्रेरणादायी योगदान—

समाजमा अझै पनि हजारौ बालबालिका अभिभावक विहिन अवस्थामा शिक्षा, संरक्षण र माया—ममता खोजिरहेका छन् । यस्ता बालबालिकाहरुका लागि सानो सहयोग पनि ठूलो आशाको किरण बन्छ । यही आशाको उज्यालो बन्नुभएको छ । ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं—४, इमाडोल निवासी समाजसेवी आदरणीय श्री मिना थापा ।
मिना थापाज्यूले छोरा श्री प्रिन्स थापाको पढाइप्रति रुचि र लगाव अझ बढोस् भन्ने सकारात्मक सन्देश सहित मामाघर आश्रममा उपस्थित भई बालबालिकाहरुको पठनपाठन सहयोगका लागि नगद रु. ५,००५(पाँच हजार पाँच रुपैयाँ) सहगोग गर्नुभएको छ ।
यो सहयोग केवल आर्थिक योगदान मात्र होइन, भावी पुस्ताप्रतिको जिम्मेवारी, सामाजिक चेतना र मानवीय संवेदनाको सशक्त अभिव्यक्ति हो । शिक्षामा गरिएको लगानी नै राष्ट्र निर्माणको आधार हो भन्ने सन्देश वहाँको यो कदमले स्पष्ट रुपमा दिइएको छ । मामाघर आश्रम परिवार यस महान कार्यका लागि मिना थापाज्यू तथा सम्पूर्ण परिवार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, वहाँहरुको जीवनमा सुख, शान्ति, समृद्धि तथा छोरा प्रिन्स थापाले उच्च शिक्षा हासिल गर्न सकुन् भनी श्री पशुपतिनाथको कृपा सधैं साथ रहोस् भन्ने कामना गर्दछौं ।


मामाघर आश्रम परिवार,
गोदावरी—१४, बाँडेगाउँ, ललितपुर

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *